As of 2018-11-21 14:58:39

ADBL:343 (6780)( -4) AHPC:119 (3996)( 1) AKPL:193 (1259)( -5) ALICL:550 (580)( 0 ) AMFI:775 (170)( 15) API:147 (7414)( 0 ) BHBL:138 (600)( -2) BNT:6763 (100)( -137) BOKL:312 (9552)( 2) BPCL:450 (1876)( 6) CBBL:878 (748)( 17) CBL:167 (29672)( 3) CBLPO:120 (14059)( 0 ) CCBL:180 (7926)( 1) CFCL:111 (93)( -2) CHCL:654 (7439)( -11) CHL:104 (13)( -2) CIT:2225 (954)( -9) CLBSL:582 (45)( -11) CZBIL:239 (15428)( 4) DBBL:130 (3854)( 0 ) DDBL:640 (116)( 4) DHPL:96 (21)( -1) EBL:551 (15079)( -5) EDBL:277 (100)( -4) EIC:788 (2550)( -63) FMDBL:359 (412)( -1) FOWAD:1955 (819)( -16) GBBL:180 (2736)( 1) GBIME:313 (56591)( 0 ) GBLBS:455 (4466)( -20) GDBL:198 (5039)( -1) GFCL:120 (350)( 0 ) GILB:1144 (226)( 4) GLICL:714 (1780)( 15) GMFIL:123 (65)( -1) GRDBL:114 (290)( 1) GUFL:104 (1572)( 2) HBL:520 (2177)( -2) HGI:395 (770)( 0 ) HIDCL:152 (8396)( -2) HPPL:190 (1510)( -9) ICFC:151 (129)( 2) IGI:700 (2885)( -16) JBBL:137 (1562)( 1) JBNL:184 (15854)( 2) JEFL:99 (200)( 1) JFL:163 (1000)( -2) JSLBB:2580 (24)( 32) KBBL:242 (3000)( 5) KBL:252 (13975)( 4) KEBL:299 (20)( 5) KKHC:94 (40)( -2) KMCDB:982 (50)( -18) KMFL:1194 (110)( 9) KPCL:108 (1090)( 1) KRBL:103 (283)( 1) KSBBL:139 (7493)( 0 ) LBBL:165 (3025)( 0 ) LBL:230 (4601)( 0 ) LGIL:505 (1345)( 8) LICN:1486 (535)( 14) MBL:218 (4769)( 1) MDB:276 (150)( -5) MEGA:197 (34638)( 3) MERO:1000 (86)( -15) MFIL:124 (30)( 0 ) MLBL:176 (2816)( 3) MMFDB:1120 (820)( 15) MNBBL:406 (3227)( -1) MSLB:1348 (15)( -26) NABIL:906 (3991)( 4) NABILP:735 (43527)( -10) NADEP:1352 (3540)( -3) NBB:202 (13740)( -1) NBBL:890 (100)( 0 ) NBL:294 (107013)( 1) NCCB:210 (3409)( 0 ) NCDB:124 (256)( -1) NEF:8.16 (2414)( 0.16) NGPL:124 (860)( -4) NHDL:124 (110)( -1) NHPC:75 (3850)( 0 ) NIB:629 (6271)( 0 ) NIBLPF:7.14 (1515)( 0.14) NIBPO:580 (4355)( 2) NIBSF1:9.3 (31606)( 0.3) NICA:415 (8660)( 4) NIL:503 (3191)( 2) NLBBL:540 (50)( 7) NLG:845 (108)( -5) NLIC:925 (9089)( 4) NLICL:660 (707)( 10) NMB:344 (52506)( 2) NMBHF1:9.18 (30585)( 0.18) NMBMF:1210 (227)( -6) NMFBS:1870 (97)( 35) NNLB:522 (364)( -37) NSEWA:651 (290)( -9) NTC:776 (2720)( 5) NUBL:964 (1361)( 4) OHL:440 (129)( 0 ) PCBL:325 (7936)( -1) PFL:134 (204)( 2) PIC:1024 (670)( 7) PICL:675 (50)( 3) PLIC:450 (4760)( -4) PMHPL:125 (1451)( 1) PRIN:440 (2354)( -7) PRVU:250 (73472)( 2) PRVUPO:155 (22000)( 0 ) PURBL:156 (415)( -3) RADHI:168 (294)( 0 ) RBCLPO:8300 (112)( 50) RHPC:100 (224)( 2) RLFL:119 (296)( -1) RMDC:601 (1884)( -9) RRHP:111 (450)( -3) RSDC:409 (234)( 4) SADBL:146 (10744)( 6) SANIMA:324 (13222)( -1) SBI:438 (5750)( -5) SBL:326 (6813)( 3) SCB:599 (7184)( -7) SDESI:665 (137)( 1) SEF:9.1 (100)( 0.1) SFFIL:266 (1000)( -5) SHINE:247 (359)( 9) SHL:241 (5172)( -5) SHPC:230 (9404)( 0 ) SICL:868 (871)( 3) SIFC:146 (853)( 4) SIL:635 (405)( -6) SKBBL:1065 (60)( 13) SKDBL:112 (1000)( -2) SLBBL:550 (950)( 5) SLBS:1584 (352)( 7) SLICL:492 (3639)( -5) SMATA:1331 (383)( -9) SMB:686 (80)( -4) SMFDB:785 (1370)( 9) SPDL:101 (616)( 0 ) SRBL:228 (2097)( 1) SWBBL:1126 (350)( -9) TNBL:172 (2165)( -5) TRH:248 (110)( 4) UIC:750 (50)( 5) UMB:1632 (360)( -48) UMHL:134 (870)( -3) VLBS:647 (353)( -25) WOMI:964 (373)( -16) 

News Details
पैसा तयार गर्नुहोस्, बैंकहरुले गर्दैछन् साढे १० अर्ब बढीको शेयर निष्काशन
2017-05-01 - 2047 view(s) - aarthiknews

हकप्रद शेयर

शेयर बजारमा केही महिनाभित्रैमा १० अर्ब ६५ करोड ६२ लाख ९४ हजार ९७३ रुपैयाँ बराबरको हकप्रद शेयर आउने भएको छ । विभिन्न ६ वाणिज्य बैंकको मात्रै उक्त रकम बराबरको शेयर आउन लागेको हो । धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशनको अनुमति प्राप्त गरेका र अनुमतिका लागि बोर्डमा पुगेका यी छ बैंकको सय रुपैयाँ अंकित मूल्यमा १० करोड ६५ लाख ६२ हजार ९४९ कित्ता शेयर आउन लागेको हो ।

पूँजी वृद्धिका लागि नेपाल राष्ट्रबैंकले दिएको समयसीमा २०७४ असार मसान्त नजिंदै गर्दा बैंकहरुले पूँजी पुर्याउनका लागि धमाधम हकप्रद निष्काशन गर्न लागेका हुन् ।

हकप्रद शेयर कम्पनीका शेयरधनीले मात्र खरीद गर्न पाउँछन । सम्बन्धित कम्पनीको शेयरको बजार मूल्य जति भए पनि शेयरधनीले प्रति कित्ता एक सयका रुपैयाँमा नै शेयर पाउने भएकोले हकप्रदमा लगानीकर्ताको निकै ठूलो आकर्षण देखिने गरेको छ ।

सानिमा बैंक लिमिटेड (Sanima Bank Ltd) ले १० बराबर ३ को अनुपातमा अर्थात ३० प्रतिशत हकप्रद वैशाख १७ गते आइतबारबाट निष्काशन गरेको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा एक करोड ५९ लाख १७ हजार ६१७ कित्ता शेयर निष्काशन गर्न गरेको हो ।

बैंकको शेयरमा लगानीकर्ताले २०७४ वैशाख १७ गते बाट २०७४ जेठ २१ गते सम्म आवेदन दिन सक्नेछन् । बैंकको शेयरमा चैत्र १७ गते सम्म कायम शेयरधनीहरुले मात्र पाउने भएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्म ६२ करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ५ अर्ब ३० करोड ५८ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकले ३० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्तापूँजी ६ अर्ब ९० करोड पुग्नेछ । हकप्रद शेयर निष्काशन गरि बाडँफाँट गरे पश्चात् बैकको शेयर संरचना संस्थापक शेयरधनीहरु ५१ प्रतिशत र सर्वसाधारण शयरधनीहरु ४९ प्रतिशत रहनेछ ।

नेपाल एसबिआई बैंक (Nepal SBI Bank Ltd) को हकप्रद निश्चित भएको छ । धितोपत्र बोर्डले बैंकलाई १० बराबर ४ को अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्काशन अनुमति दिएको छ ।
एसबिआई बैंक (क्द्यक्ष्) ले चुक्ता पूँजीको ४० प्रतिशत अर्थात एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको हकप्रद निष्काशन गर्न बोर्डले अनुमति दिएको हो । बैंकले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई यसअघिनै नियुक्त गरिसकेको छ ।

सनराइज बैंक (Sunrise Bank Ltd) लाई हकप्रद शेयर निष्काशनको लागि धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । बैंकहले हाल कायम पूँजीको ३० प्रतिशत हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

सनराइज बैंकलाई बोर्डले १० बराबर ३ अनुपातमा एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार ६०० रुपैयाँको १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो । बैंकले हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटे नियुक्ति गरेको छ ।

त्यस्तै आईएलएफसिओलाई खरिद गर्ने चर्चा चलेको एभरेष्ट बैंक (Everest Bank ltd) ले पनि पूँजी वृद्धिका लागि १० बराबर तीनको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५० करोड ८८ लाख आठ हजार सात सय रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिट लिमिटेड रहेको छ ।

त्यस्तै सिद्धार्थ बैंक लिमिटेड (Siddartha Bank Ltd) ले १० बराबर तीन अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकले पनि हकप्रद निष्काशनको अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ ।

लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको बैंकले सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५७ करोड ५२ लाख ५७ हजार ८१३ रुपैयाँको एक करोड ७५ लाख ५२ हजार ५७८ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

त्यस्तै प्रभु बैंक (Parbhu Bank Ltd)  पनि ४० प्रतिशत हकप्रद निष्काशनका लागि वैशाख ८ गते धितोपत्र बोर्डमा पुगेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँको शेयर निष्काशन गर्ने भएको हो ।
बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धका एनसिएम मचेन्ट रहेको छ ।