As of 2018-11-21 14:58:39

ADBL:343 (6780)( -4) AHPC:119 (3996)( 1) AKPL:193 (1259)( -5) ALICL:550 (580)( 0 ) AMFI:775 (170)( 15) API:147 (7414)( 0 ) BHBL:138 (600)( -2) BNT:6763 (100)( -137) BOKL:312 (9552)( 2) BPCL:450 (1876)( 6) CBBL:878 (748)( 17) CBL:167 (29672)( 3) CBLPO:120 (14059)( 0 ) CCBL:180 (7926)( 1) CFCL:111 (93)( -2) CHCL:654 (7439)( -11) CHL:104 (13)( -2) CIT:2225 (954)( -9) CLBSL:582 (45)( -11) CZBIL:239 (15428)( 4) DBBL:130 (3854)( 0 ) DDBL:640 (116)( 4) DHPL:96 (21)( -1) EBL:551 (15079)( -5) EDBL:277 (100)( -4) EIC:788 (2550)( -63) FMDBL:359 (412)( -1) FOWAD:1955 (819)( -16) GBBL:180 (2736)( 1) GBIME:313 (56591)( 0 ) GBLBS:455 (4466)( -20) GDBL:198 (5039)( -1) GFCL:120 (350)( 0 ) GILB:1144 (226)( 4) GLICL:714 (1780)( 15) GMFIL:123 (65)( -1) GRDBL:114 (290)( 1) GUFL:104 (1572)( 2) HBL:520 (2177)( -2) HGI:395 (770)( 0 ) HIDCL:152 (8396)( -2) HPPL:190 (1510)( -9) ICFC:151 (129)( 2) IGI:700 (2885)( -16) JBBL:137 (1562)( 1) JBNL:184 (15854)( 2) JEFL:99 (200)( 1) JFL:163 (1000)( -2) JSLBB:2580 (24)( 32) KBBL:242 (3000)( 5) KBL:252 (13975)( 4) KEBL:299 (20)( 5) KKHC:94 (40)( -2) KMCDB:982 (50)( -18) KMFL:1194 (110)( 9) KPCL:108 (1090)( 1) KRBL:103 (283)( 1) KSBBL:139 (7493)( 0 ) LBBL:165 (3025)( 0 ) LBL:230 (4601)( 0 ) LGIL:505 (1345)( 8) LICN:1486 (535)( 14) MBL:218 (4769)( 1) MDB:276 (150)( -5) MEGA:197 (34638)( 3) MERO:1000 (86)( -15) MFIL:124 (30)( 0 ) MLBL:176 (2816)( 3) MMFDB:1120 (820)( 15) MNBBL:406 (3227)( -1) MSLB:1348 (15)( -26) NABIL:906 (3991)( 4) NABILP:735 (43527)( -10) NADEP:1352 (3540)( -3) NBB:202 (13740)( -1) NBBL:890 (100)( 0 ) NBL:294 (107013)( 1) NCCB:210 (3409)( 0 ) NCDB:124 (256)( -1) NEF:8.16 (2414)( 0.16) NGPL:124 (860)( -4) NHDL:124 (110)( -1) NHPC:75 (3850)( 0 ) NIB:629 (6271)( 0 ) NIBLPF:7.14 (1515)( 0.14) NIBPO:580 (4355)( 2) NIBSF1:9.3 (31606)( 0.3) NICA:415 (8660)( 4) NIL:503 (3191)( 2) NLBBL:540 (50)( 7) NLG:845 (108)( -5) NLIC:925 (9089)( 4) NLICL:660 (707)( 10) NMB:344 (52506)( 2) NMBHF1:9.18 (30585)( 0.18) NMBMF:1210 (227)( -6) NMFBS:1870 (97)( 35) NNLB:522 (364)( -37) NSEWA:651 (290)( -9) NTC:776 (2720)( 5) NUBL:964 (1361)( 4) OHL:440 (129)( 0 ) PCBL:325 (7936)( -1) PFL:134 (204)( 2) PIC:1024 (670)( 7) PICL:675 (50)( 3) PLIC:450 (4760)( -4) PMHPL:125 (1451)( 1) PRIN:440 (2354)( -7) PRVU:250 (73472)( 2) PRVUPO:155 (22000)( 0 ) PURBL:156 (415)( -3) RADHI:168 (294)( 0 ) RBCLPO:8300 (112)( 50) RHPC:100 (224)( 2) RLFL:119 (296)( -1) RMDC:601 (1884)( -9) RRHP:111 (450)( -3) RSDC:409 (234)( 4) SADBL:146 (10744)( 6) SANIMA:324 (13222)( -1) SBI:438 (5750)( -5) SBL:326 (6813)( 3) SCB:599 (7184)( -7) SDESI:665 (137)( 1) SEF:9.1 (100)( 0.1) SFFIL:266 (1000)( -5) SHINE:247 (359)( 9) SHL:241 (5172)( -5) SHPC:230 (9404)( 0 ) SICL:868 (871)( 3) SIFC:146 (853)( 4) SIL:635 (405)( -6) SKBBL:1065 (60)( 13) SKDBL:112 (1000)( -2) SLBBL:550 (950)( 5) SLBS:1584 (352)( 7) SLICL:492 (3639)( -5) SMATA:1331 (383)( -9) SMB:686 (80)( -4) SMFDB:785 (1370)( 9) SPDL:101 (616)( 0 ) SRBL:228 (2097)( 1) SWBBL:1126 (350)( -9) TNBL:172 (2165)( -5) TRH:248 (110)( 4) UIC:750 (50)( 5) UMB:1632 (360)( -48) UMHL:134 (870)( -3) VLBS:647 (353)( -25) WOMI:964 (373)( -16) 

News Details
विवेक पुर्याएर बैंकलार्इ दबाबमा नपारेको भए समस्या आउने थिएन, अर्थमन्त्रीको अन्तर्वार्ता
2018-03-02 - 572 view(s) - bizmandu

तपार्इँले पदबहाली गर्नेवित्तिकै अर्थमन्त्रालयका अधिकारीहरुले वर्तमान स्थितीको विवरण दिँदा चुनौतीनै चुनौतीको चित्रण गरिरहेका थिए।यस्तो बेलामा अर्थमन्त्री बन्दा कस्तो लागिरहेको छ?

हामीलार्इ अहिले भूकम्पको आरोप पनि लाउनु छैन र नाकाबन्दी भयो भनेर पनि क्षमा पाउने पनि छैनौं।अन्तर्राष्ट्रिय आर्थिक संकट भयो भन्न पनि पाउने छैनौं। हामीले हाम्रो वित्तिय अराजकता र दुरदृष्ट्री अभावका कारण सिर्जना भएका छन्।

चुनौतीहरु भएकै कारणलेनै मैले जिम्मेवारी पाएको हुँ। चुनौती सामना गर्ने आट, अठोट र दृष्टिकोण बनेकै कारणले मैले स्वीकारेको पनि हुँ। मलार्इ विश्वास गरिएको पनि हो। हाम्रा समस्याहरु जति पनि छन् हामीले सिर्जना गरेका हौं।

हामीलार्इ अहिले भूकम्पको आरोप पनि लाउनु छैन र नाकाबन्दी भयो भनेर पनि क्षमा पाउने पनि छैनौं।अन्तर्राष्ट्रिय आर्थिक संकट भयो भन्न पनि पाउने छैनौं। हामीले हाम्रो वित्तिय अराजकता र दुरदृष्ट्री अभावका कारण सिर्जना भएका छन्।त्यसलार्इ हामीले अब व्यवस्थित गर्नैपर्छ।तत्कालै एकै दिनमा, एकै महिनामा वा ६ महिनामा समाधान नहोला तर हामी छिट्टैनै स्थीर,अनुशासित र अग्रगामी आर्थिक संरचना तयार गर्छौ भन्नेमा हामी निश्चिन्त छौं।

अहिले राजस्व उठ्ती सोचेजस्तो नभएर कर्मचारीलार्इ तलब खुवाउन समेत आन्तरिक ऋण लिनुपर्ने अवस्था सिर्जना भएको छ भन्नेजस्ता टिप्पणी गरिएको छ नी?यस्तो तालले कति दिन अर्थतन्त्र धान्न सकिन्छ भन्ने पनि छ?

त्यस्तो होइन।राजस्व उठ्तीमा सिमान्त रुपमा कमी भएको मात्रै हो।लक्ष्य भन्दा धेरै बढी राजस्व उठाउन सक्छौं।आजनै हामीले सम्पूर्ण भन्सार अधिकृतलार्इ निर्देशन दिइसकेका छौं।

हामीले अन्तर्राष्ट्रिय बजारबाट पनि पूँजी विस्तारै प्रवेश गराएर यो समस्या समाधान गर्न सक्छौं।र,दोस्रो कुरा चाँही जति पूँजी हामी त्यसरी परिचालन गर्छौं त्यो फेरी उही घरजग्गा,शेयर मार्केटमा र त्यही अटोमोबाइलमा र त्यही उपभोक्तामा लगानी गर्यौ  भने त्यसको केही पनि अर्थ रहँदैन।


भन्सारमा कारोबार मूल्यलार्इ प्रतिविम्वित गरेर भन्सार कटाउने,भन्सारको कोड फरक पारेर र विवरण फरक पारेर,परिमाण फरक पारेर,मूल्य फरक पारेर कुनैपनि बहानामा कुनै कर्मचारीले तलमाथि गर्न खोज्यो भने कारवाहीको दायरामा आउँछ आज हामीले निर्देशननै जारी गरिसकेका छौं र त्यसको अनुगमन पनि हुन्छ।

बैंकहरुमा तरलताको समस्या कचल्टिरहेको छ।अब त कर्जा संकटनै आउँछ भन्ने चिन्ता छ।यसको चाँडैनै समाधान हुन सक्ला?

यो समस्या चाँही हामीले गिजोलेका हौं।अघिल्लो वर्षनै हामीले पूँजी वृद्धिको परिणाम स्वरुप अत्यन्त धेरै कर्जा प्रवाह गर्नुपर्यो बैंकहरुले।३०/३१ प्रतिशतले कर्जा प्रवाह वृद्धि गर्नुभयो। र,पोहोरसालनै ठूलठूलो आयोजनाहरुमा कर्जाको प्रतिवद्धता बढ्योसँगसँगै पूँजी वृद्धिका कारणले। अहिले कर्जा दिन नसक्ने अवस्थामा उहाँहरु पुग्नुभएको छ।

त्यसो हुनाले हामीले अलिकति विवेक पुर्याएर बैंकहरुलार्इ दबाबमा नपारेको भए यो समस्या आउने थिएन।यद्पी हामी विकासोउन्मुख क्रममा अघि बढ्दाखेरि थप पूँजी परिचालन गर्नुपर्ने हुन्छ।आन्तरिक पूँजीले मात्रै बचत निक्षेप अलि बढी परिचालन गरेर या रेमिटेन्स अलि बढी ल्याएर मात्रै पुग्दैन।हामीले अन्तर्राष्ट्रिय बजारबाट पनि पूँजी विस्तारै प्रवेश गराएर यो समस्या समाधान गर्न सक्छौं।र,दोस्रो कुरा चाँही जति पूँजी हामी त्यसरी परिचालन गर्छौं त्यो फेरी उही घरजग्गा,शेयर मार्केटमा र त्यही अटोमोबाइलमा र त्यही उपभोक्तामा लगानी गर्यौ  भने त्यसको केही पनि अर्थ रहँदैन।

एउटा त कर्जाको आकार बढाउने र कर्जाको गुणात्मक पक्षलार्इ ध्यानमा दिने र हामीले प्राथमिकतामा राखेको उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनेतर्फ लगेर छिटै यो समस्या पनि समाधान गर्न सक्छौं भन्ने मलार्इ लाग्छ।

यसैसँग जोडिएको कुरा तपार्इ राष्ट्र बैंकको गभर्नर हुँदा अनुत्पादक क्षेत्रमा लगानी बढेको भन्दै घरजग्गामा अंकुश लगाउनुभयो।अहिले पनि बैंकहरुको लगानी अनुत्पादक क्षेत्रमै केन्द्रित छन्।तपार्इ अर्थमन्त्री भएपछि फेरी कडार्इ गर्नुहुन्छ भन्ने हल्ला बजारमा चलेको छ।त्यसमा के भन्न चाहनुहुन्छ?

राष्ट्र बैंकको दायराभित्रको कुरा राष्ट्र बैंकलेनै हेर्छ।हामीले समग्र अर्थतन्त्रको कुरालार्इ हेर्ने हो।तर हामीले राष्ट्रको सिमित साधन सबैभन्दा बढी उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ र त्यसले आय र रोजगारी बढाओस्।