As of 2019-05-26 15:00:00

MEGA:196.00 (45919)( -2.00) NMBMF:1153.00 (7178)( 81.00) JBNL:209.00 (79272)( -2.00) RBCLPO:9900.00 (430)( -200.00) API:155.00 (21026)( -8.00) PRVU:275.00 (70335)( -5.00) SINDU:138.00 (6430)( -6.00) PFL:140.00 (1440)( 0.00) SHIVM:559.00 (83023)( 12.00) UPPER:276.00 (131848)( -11.00) BPCL:420.00 (18195)( -4.00) NTC:731.00 (10182)( -9.00) BFC:102.00 (2763)( -3.00) AHPC:112.00 (41150)( -2.00) MNBBL:376.00 (12403)( 1.00) JBBL:152.00 (34415)( -3.00) SHL:244.00 (8445)( -1.00) ALICL:420.00 (3769)( -4.00) GBIME:305.00 (32329)( 1.00) SKBBL:997.00 (888)( 8.00) UIC:992.00 (14788)( 27.00) ADBL:426.00 (49929)( -5.00) ALBSL:441.00 (1480)( -4.00) HURJA:133.00 (54160)( 3.00) NBL:335.00 (141642)( -5.00) BOKL:271.00 (60691)( 0.00) NLICL:664.00 (896)( -4.00) SFFIL:225.00 (130)( -2.00) CORBL:121.00 (4330)( -6.00) HGI:382.00 (1803)( 1.00) RMDC:656.00 (2342)( -23.00) CHLBS:449.00 (460)( -3.00) SLICL:585.00 (6823)( -1.00) NCCB:259.00 (77876)( -4.00) CFCL:114.00 (2202)( -1.00) NABILP:803.00 (6169)( -9.00) GDBL:211.00 (7427)( -4.00) CHCL:532.00 (6889)( -7.00) VLBS:560.00 (949)( 5.00) NICL:391.00 (2727)( -4.00) GBBL:223.00 (26417)( -2.00) SCB:680.00 (3801)( -5.00) MLBL:196.00 (9202)( -1.00) SHPC:274.00 (30328)( -3.00) MLBBL:460.00 (483)( -1.00) SBI:474.00 (7066)( -8.00) NICA:477.00 (36547)( -7.00) NLG:804.00 (1193)( -13.00) DDBL:728.00 (1362)( -7.00) SDESI:606.00 (304)( 6.00) PCBL:313.00 (33407)( -6.00) RRHP:95.00 (730)( -1.00) LBBL:201.00 (47291)( -5.00) SADBL:149.00 (7178)( -2.00) BARUN:98.00 (550)( 1.00) CLBSL:560.00 (116)( -15.00) MSLB:1060.00 (436)( 2.00) GFCL:121.00 (1038)( -2.00) GBLBS:378.00 (7708)( 0.00) HIDCL:164.00 (58878)( -3.00) KBL:217.00 (29769)( -1.00) IGI:403.00 (1880)( -15.00) PMHPL:111.00 (610)( -2.00) UMHL:119.00 (3524)( 1.00) NIL:514.00 (5762)( -1.00) SRBL:256.00 (6401)( -2.00) KPCL:95.00 (500)( 0.00) GUFL:111.00 (220)( -6.00) PIC:1195.00 (3913)( -6.00) SICL:860.00 (4602)( -1.00) OHL:662.00 (9777)( -33.00) NLIC:932.00 (11176)( -8.00) HPPL:186.00 (1418)( 0.00) LVF1:10.22 (2000)( 0.01) MFIL:120.00 (2092)( -1.00) DBBL:147.00 (59519)( 0.00) MPFL:224.00 (5200)( -15.00) FMDBL:405.00 (1385)( -3.00) MBL:268.00 (22454)( -2.00) KNBL:143.00 (14284)( 3.00) PICL:695.00 (1873)( -9.00) UPCL:95.00 (6945)( -1.00) RLFL:141.00 (55067)( 0.00) GILB:1376.00 (5030)( 125.00) CCBL:168.00 (29756)( 0.00) NBB:224.00 (11735)( -1.00) GLICL:552.00 (1860)( 2.00) NHPC:70.00 (29933)( -3.00) SIC:1399.00 (2006)( -26.00) PLIC:460.00 (6181)( -7.00) RHPC:97.00 (237)( -2.00) SANIMA:354.00 (13544)( -4.00) NABIL:840.00 (5463)( -1.00) CIT:2581.00 (998)( -19.00) EIC:429.00 (515)( -1.00) RBCL:10920.00 (533)( -81.00) CBL:147.00 (48856)( 0.00) SBL:336.00 (10804)( 0.00) CZBIL:228.00 (18735)( -2.00) NIB:535.00 (12696)( -2.00) NNLB:400.00 (989)( 4.00) FOWAD:1501.00 (231)( -18.00) NIBPO:505.00 (1150)( -7.00) JFL:178.00 (2243)( 0.00) KSBBL:155.00 (12225)( -4.00) SWBBL:901.00 (528)( -5.00) EDBL:310.00 (495)( -3.00) HDL:1700.00 (12201)( -109.00) EBL:659.00 (13481)( -6.00) LBL:221.00 (16620)( -3.00) SAEF:9.76 (16700)( -0.05) HBL:580.00 (5343)( -12.00) NICGF:9.70 (5700)( 0.07) LGIL:500.00 (3650)( -1.00) SLBSL:560.00 (420)( -2.00) MHNL:102.00 (5630)( 3.00) RSDC:383.00 (1100)( -1.00) KBBL:225.00 (4344)( -3.00) SLBBL:483.00 (587)( 0.00) AKPL:192.00 (4013)( -13.00) NMFBS:1571.00 (84)( -28.00) NEF:8.30 (7107)( -0.03) UMB:1060.00 (170)( -15.00) NADEP:449.00 (1025)( -10.00) SMB:530.00 (250)( -20.00) KRBL:108.00 (2960)( -3.00) CBBL:949.00 (4657)( -3.00) LLBS:753.00 (419)( -7.00) NUBL:855.00 (544)( -5.00) SIL:593.00 (995)( 8.00) NLBBL:517.00 (510)( 0.00) ICFC:161.00 (3346)( -1.00) CEFL:101.00 (129)( -2.00) SMFDB:569.00 (197)( -1.00) AMFI:545.00 (110)( -17.00) DHPL:71.00 (441)( -1.00) RADHI:164.00 (510)( -12.00) PRIN:408.00 (3499)( -4.00) CMF1:9.90 (4700)( -0.03) MERO:597.00 (147)( -8.00) SBBLJ:197.00 (2850)( -5.00) LICN:1892.00 (2677)( -18.00) NSEWA:447.00 (130)( -6.00) GHL:90.00 (1245)( -6.00) SEOS:10.40 (22370)( 0.18) NMBSF1:10.71 (1500)( -0.07) JSLBB:2048.00 (98)( -27.00) SHINE:257.00 (2672)( -8.00) NMBHF1:9.41 (8500)( -0.07) GRDBL:114.00 (260)( 0.00) SEF:9.81 (24100)( 0.01) JOSHI:111.00 (210)( -12.00) NGPL:122.00 (154)( -3.00) SIFC:153.00 (3251)( -3.00) PROFL:106.00 (250)( -3.00) MSMBS:490.00 (11)( 5.00) KKHC:72.00 (416)( 0.00) AKJCL:81.00 (170)( -1.00) SLBS:850.00 (10)( -1.00) GBIMEP:174.00 (26580)( 0.00) LEMF:8.13 (5000)( 0.15) NIBLPF:7.21 (253)( -0.07) SMATA:1360.00 (209)( 30.00) KADBL:184.00 (670)( 3.00) NIBSF1:9.35 (100)( 0.00) 

News Details
आज सेयर बेच्नेहरु चार वर्षपछि पछुताउने छन्, किनेर बस्ने मानिसहरु खुसी हुनेछन्- मनोज ज्ञवाली

ज्योति विकास बैंकमा डेपुटी सीईओको रुपमा तपाईको आगमनलाई पनि महत्वको साथ हेरिएको थियो । कामु सीईओ बन्नु भएको छ र भावी सीईओको रुपमा बैंकले स्वीकार गरेको पनि देखिन्छ । तपाई आएपछि ज्योति विकास बैंकमा के के सुधार भए ?

म यस बैंकमा जोडिएको डेढ वर्ष भयो । म आउँदा यो बैंक ८ बर्षमा थियो । ६ अर्ब रुपैयाँ कर्जा प्रवाह र १०/१२ करोड नाफामै बैंक खुम्चिएको थियो । आज धेरै सुधार भैसकेको छ । आज १३ अर्बको लोनको पोर्टफोलियो छ । मर्जरबाट ल्याएका बैंकबाट पनि केही पैसा आएको छ तर हाम्रो आफ्नै निक्षेप र कर्जा पनि राम्रो ग्रोथ भैरहेको छ । ग्रोथका साथमा गुणस्तरमा पनि सम्झौता गरेका छैनौं । बैंकको शाखा २१ वटा बढाएर ५० वटा पुर्याएका छौं । व्यापार र नाफामा भएको वृद्धि वित्तिय विवरणहरुले देखाईरहेकै छन् ।

कर्मचारीको आकर्षण पनि बढेको छ । म आएपछि शाखा प्रबन्धकमा नियुक्ती गर्नको लागि सार्वजनिक आव्हान गर्दा २५ जनाले आवेदन दिएका थिए र कुनै पनि व्यक्ति छान्न लायक थिएनन् । पछिल्लो पटक गरिएको भ्याकेन्सीमा हजार जना भन्दा बढीको आवेदन आएको छ । बाणिज्य बैंकहरुबाट पनि ज्योति विकास बैंकमा जागिर खोज्दै आउनेहरु देखिएका छन् । हामीले छानी छानी मान्छे राख्न सक्ने हैसियत बनाएका छौं ।

नियामकहरुले पनि पहिलेको ज्योति विकास बैंक र अहिलेको ज्योति विकास बैंकलाई हेर्ने नजर पनि बदलिएको छ । हाम्रा ग्राहक, सेयरधनी र कर्मचारीहरु सबै सन्तुष्ठ छन् र म पनि सन्तुष्ट छु । लक्ष्य धेरै छ, यात्रा धेरै तय गर्नु पर्नेछ ।

समग्र वित्तिय क्षेत्रको अवस्था चाँही कस्तो छ ?

अहिले वित्तिय क्षेत्र असहज परिस्थितीबाट गुज्रिरहेको छ । यो एक बर्ष पहिले देखिको समस्या हो । मैले पहिलेदेखि नै भन्दै आएको छु कि लगानी योग्य पुँजीको अभाव केहि समस्या लम्बिनेछ । केहि मानिसहरुले चुनावको पैसा, कालो धन, सेतो धनलाई देखाएर तर्क गर्दै आएका थिए । मेरो कुरा स्पष्ट छ, लामो राजनीतिक संक्रमणबाट गुज्रिएको नेपालको वित्तिय क्षेत्रले अझै केहि समय लगानीयोग्य पुँजी अभावको समस्या झेल्नुपर्छ । यो तत्कालै समाधान हुने सम्भावना छैन । पुँजीलाई पुग्ने गरि बजार विस्तार नभएसम्म लगानी योग्य पुँजीको अभाव निरन्तर रहन्छ । सरकारको बजेट कार्यान्वयनका क्षमता बढेको छैन । बैंकहरुको पुँजी ४ गुणाले बढेको छ । कम्पनीहरुले पनि सोही शैलीमा बजार बढाउन थाले । हाम्रो निक्षेपको वृद्धि दर औषत २० प्रतिशतको छ । तर बैंकहरुले ऋण प्रवाहलाई अत्याधिक बनाए । २० प्रतिशतको निक्षेप बढाएर शतप्रतिशत ऋण बढाउन थालेपछि समस्या आउनु स्वभाविक हो र यो क्रम अझै केहि समय निरन्तर रहन्छ । तरलता अभावका समयमा हामीले गर्ने व्यवहारले वित्तिय क्षेत्रलाई नराम्रो धक्का लाग्न पनि सक्छ ।

आजको दिनमा लगानी योग्य पुँजीको चरम अभाव झेलिरहेको वित्तिय क्षेत्रको भविष्य चाँही कस्तो होला ?

मुस्किलले गाई पालेर बसेको किसानलाई हात्ति पाल्न भनियो भने के हुन्छ ? चार गुणा बढाईको पुँजीका लागि बजार खोई ? लगानीकर्ताले हिजो २० प्रतिशत प्रतिफल दिने बैंकले आज २५ प्रतिशत प्रतिफल दिनु पर्यो भनिरहेका छन् । त्यो कसरी सम्भव छ ? हिजो १५ प्रतिशत प्रतिफल दिने बैंकले आज २० प्रतिशत दिनुपर्छ भन्ने मान्यता लगानीकर्तामा गडेर बसेको छ । आज बाणिज्य बैंकका राम्रा भनिएका सीईओहरुले भटाभट जागिर छोडिरहेका छन्, निकालिँदै छन् । त्यसको कारण के हो ? त्यसका बारेमा कसले सोचिदिने ? कसले अध्ययन गरिदिने ?

बैंक पनि व्यवसाय हो, हरेक बिजनेश डुब्न सक्छ, नोक्सानमा जान सक्छ, अनि के बैंक चाँही नोक्सानमा जानै नहुने ? गत वर्ष २० करोड कमाउने बैंकले यसपाली १८ करोड मात्रै कमायो भने उत्पात्तै बिग्रने ? बैंकमा चाँही नोक्सानी हुनै नसक्ने ? हुनै नहुने ?
हरेक व्यवासयमा नोक्सान हुन सक्छ । पुराना बैंकहरुले १० औं वर्षपछि मात्रै २०/२५ प्रतिशत प्रतिफल दिएका हुन् । आज ३ गुणा पुँजी बढेको छ अनि तत्कालै प्रतिफल सोही मात्रामा बढाउन त सकिन्न नि । समस्याको जड नै यहि गलत सोँच नै हो । धेरै नाफा कमाउन भटाभट ऋण बढाएर मात्रै हुन्न । अमेरिका जस्तो अर्थतन्त्र भएको देशमा एक वर्षमै १४१ संस्था डुबेका थिए । निक्षेपमा २०/२२ प्रतिशत र कर्जामा १७/१८ प्रतिशत हुनुपर्ने थियो ।

 

बजारको आँकलन नै नगरि लगानीकर्तालाई ठूला सपना देखाएर पुरा गराउन नसकेपछि सीईओहरुले जागिर छाड्नुपर्ने बाध्यता आईपरेको हो ।


मुस्किलले गाई पालेर बसेको किसानलाई हात्ति पाल्न भनियो भने के हुन्छ ? चार गुणा बढाईको पुँजीका लागि बजार खोई ?


हामी डायनोसर बन्न चाँही तयार छैनौं । रुख अग्लो बन्दै गयो भने घाँटी लम्ब्याउँदै जाने जिराफ नै बन्ने हो । म जिराफ हुन चाहान्छु ।


हाम्रा ग्राहक, सेयरधनी र कर्मचारीहरु सबै सन्तुष्ठ छन् र म पनि सन्तुष्ट छु ।


चार वर्षभित्र विकास बैंकहरु मध्ये हामी टपमा हुनेछौं ।


मलाई लाग्छ अझै एक डेढ बर्षमा लगानीयोग्य पुँजीको अभाव टर्दैन । कि त स्थानीय निकायको सबै पैसा बैंकमा आउनु पर्यो वा केन्द्रिय बैंकमा जाने सबै पैसा बैंकहरुमा च्यानलमा आउनुपर्छ । त्यो अवस्थामा बाहेक लगानी योग्य पुँजी अभावको समस्या तत्काल समाधान हुन्न । एकाध दिनमा सहज भएछ भने पनि फेरी आक्रामक रुपमाले ऋण बढाएर फेरी भयावह अवस्था आउन सक्छ । डेढ देखि २ वर्षसम्म लगानीयोग्य पुँजी अभावको समस्या समाधान हुने मैले चाँही देखेको छैन् ।

राम्रा भनिएका सिइओहरुले जागिर छोड्नु परिरहेको छ । यसमा दोष केन्द्रिय बैंकको, सञ्चालकको वा सिइओहरुकै हो ?

यसमा लगानीकर्ता र केन्द्रिय बैंकको कुनै दोष छैन । विजनेश प्लान बनाउने सिइओहरुले नै हो । बिजनेश यति बढाउँछु र नाफा यति कमाउँछु, बजारको अवस्था यस्तो छ भन्ने योजना बनाएर सञ्चालक समितिमा बुझाउने सिइओहरुले नै हो । उनीहरुले बजारको अवस्थाको एकिन गरेर मात्रै बिजनेश प्लान बनाउनु पर्ने थियो । बजारको आँकलन नै नगरि लगानीकर्तालाई ठूला सपना देखाएर पुरा गराउन नसकेपछि सीईओहरुले जागिर छाड्नुपर्ने बाध्यता आईपरेको हो । औषत बजारको वृद्धिलाई नहेरी महत्वकांक्षा देखाएपछि पुरा गर्न नसक्नु स्वभाविक हो । एउटा रोटी छ, खाने मुख धेरै छन् । लुछाचुँडी गर्ने कि बाँडेर खाने भन्ने निर्णय सहि ढंगले गरिनुपर्छ ।

2018-03-05 - 922 view(s) - bikashnews
Read More
Popular News
कृषि विकास बैङ्कमा लगानी गर्दा नाफा कि घाटा ? हेरौं कम्पनी विश्लेषण

बैङ्कले सार्वजनिक गरेको चालू आव २०७४/७५ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार रू. ३६ करोड ३९ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३ प्रतिशतले कमी हो । बैङ्कको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । सोही अवधिमा बैङ्कको चुक्तापूँजी २० प्रतिशतले बढेर रू.१२ अर्ब ५२ करोड र रिजर्भ कोषको रकम १६ प्रतिशतले बढेर रू. १० अर्ब २३ करोड पुगेको छ । बैङ्कले बैदेशिक मुद्रा विनिमयबाट रू. ६१ लाख ४९ हजार आम्दानी गरेको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ५७ करोड ४९ लाख रकम छुट्याएको छ भने निष्क्रिय कर्जा ३ दशमलव ५४ प्रतिशत रहेको छ

2017-12-15 - abhiyan
Read More
नविल, इन्भेष्टमेन्ट र चार्टर्डमध्ये कुन बैंकको सेयर किन्दा बढी फाइदा ?

नबिल, नेपाल इन्भेष्टमेन्ट र स्ट्यान्डर्ड चार्टड बैंक नेपाललाई दौतरी बैंक भन्दा पनि हुन्छ । स्थापनाको समय, ब्यवसायको आकार, हैसियत पनि करिब उस्तै थियो, केही बर्ष अगाडिसम्म ।

2017-08-15 - clickmandu
Read More
लौ आउने भयो पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली

आगामी कात्तिक महिनाबाट सेयर बजारका लगानीकर्ताहरुले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली मार्फत सेयर किनबेच गर्न पाउने भएका छन । नेप्सेको लागि यो प्रणाली निर्माण गरिरहेको वाइको प्रा.लि.ले आगामी भाद्रबाट परीक्षणमा लैजाने तथा कात्तिकबाट पूर्ण रुपमा संचालनमा आउने जानकारी गराएको छ ।

2017-07-06 - merolagani
Read More
बिमा क्षेत्रका लागि टर्निङ प्याइन्ट

गत वर्ष नेपालको बिमा क्षेत्रमा धेरै परिवर्तन भयो । बिमा समितिको नेतृत्व परिवर्तनदेखि लिएर नयाँ निर्देशिका समेत जारी भयो । त्यस्तै, लामो समयदेखि अड्किएका बिमा क्षेत्रका नीतिगत अप्ठ्यारालाई फुकाउने काम भयो भने सरकारले बिमा क्षेत्रको विस्तारका लागि नयाँ निर्णयहरूसमेत ग-यो ।

2017-04-16 - karobardaily
Read More
‘मेरो सेयर’ एपबाट सेयर कसरी भर्ने जानकारी छैन ? यस्तो छ प्रयोग गर्ने विधि

सीडीएस एन्ड क्लियरीङ हाउसले शुक्रबार (फागुन ११ गते) बाट अनिवार्य रुपमा सी–आस्वा प्रणाली लागू गर्दैछ । यो प्रणालीमा सहभागी हुनका लागि आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट सी आस्वा रजिष्ट्रेसन (सीआरएन) नम्बर लिनुपर्छ । त्यो नम्बर लिएपछि घरमै बसेर सेयरका लागि आवेदन दिन सकिने छ । सीआरएन नम्बर मार्फत सेयरका लागि आवेदन दिने सफ्टवेयरको नाम भने ‘मेरो सेयर’ रहेको छ ।

2018-02-22 - nepalipaisa
Read More
तेश्राे त्रैमासिक प्रतिवेदन प्रकाशित गरेका ९ वटा कमर्सियल बैंक मध्ये कुन बैंक के कुरामा अगाडी ? अनि काे पछाडी ? हेर्नुहाेस् ।

हामीले हालसम्म अाफ्नाे त्रैमासिक प्रतिवेदन प्रकाशित गरी अाफ्नाे अार्थिक अवस्थाकाे बारेमा हामी लगानीकर्ताहरूलार्इ जानकारी प्रवाह गर्ने ९ वटा कमर्सियल बैंकलार्इ विभिन्न अाधारमा र्यांङ्किङ्ग गरेर प्रस्तुत गरेका छाैं । अाशा छ लगानीकर्ता साथीहरूलार्इ यसले किन्ने वा बेच्ने क्रममा केही सहयाेग गर्नेछ ।

2017-04-29 - forum
Read More
आठ कम्पनीको हकप्रद शेयर निष्काशन भइरहेको छ, भर्न छुट्नु होला है ?

हाल आठ बैंक तथा वित्तिय संस्थाले हकप्रद निष्काशन गरेका छन् । पूँजी वृद्धिका लागि राष्ट्र बैंकले दिएको समयसीमा सकिंदै जाँदा बैंक तथा वित्तिय संस्था हकप्रद दिएर पूँजी पुर्याउन लागिपरेका छन् । यसरी हकप्रद निष्काशन गर्ने सूची लम्बिदैं जाँदा हकप्रदमा नबिकेको शेयर लिलाममा आउने क्रम बढेको छ । यस्तैमा हामीले लगानीकर्ता हकप्रद भर्न नछुटुन भन्ने उद्देश्यका साथ अहिले हकप्रद निष्काशन गरेका कम्पनीहरु बारे जानकारी दिन गएका छौं ।

2017-07-05 - aarthiknews
Read More
फेरी पनि आउदैछ हकप्रद भर्ने अवसर, हेर्नुहोस् कुन कुन कम्पनीले पायो सेबोनको स्वीकृति !!!!!!!

आजभोलि धेरै जसो कम्पनीको हकप्रदमा लगानीकर्ताको आवेदन नपर्दा हकप्रदमा नबिकेको सेयर लिलामबाट बिक्री गरेर कम्पनी फाईदामा जाँदा लगानीकर्ताहरु अवसरबाट बञ्चित भैरहेका छन् । त्यसैले बेलैमा हकप्रद शेयर भरौ। जानौ सेबोनबाट स्वीकृति पाएको १४ कम्पनीको हकप्रद शेयरको अनुपात, प्रतिशत, बिक्रि प्रबन्धक :

2017-05-24 - forum
Read More
किन्ने नै भयो त एभरेष्ट बैंकले आइसिएफसी फाइनान्स ?

एभरेष्ट बैंक (Everest Bank Ltd) ले आइसिएफसी फाइनान्स (ICFC Finance Limited) किन्ने तयारी अन्तिम चरणमा पुगेको बैंक स्रोतको बताएको छ । तर, अहिलेसम्म आइसिएफसी फाइनान्सबाट सञ्चालक समितिमा एक जना जाने, प्रमुख कार्यकारी अधिकृत एभरेष्ट बैंककै हुने जस्ता कुरामा सहमति भएपनि अन्य विषय जस्तै, शेयर अनुपात कसरी मिलाउने भन्ने बारेमा भने अझै सहमति हुन बाँकी रहेको स्रोतको दाबी छ ।

2017-04-20 - aarthiknews
Read More
पैसा तयार गर्नुहोस्, बैंकहरुले गर्दैछन् साढे १० अर्ब बढीको शेयर निष्काशन

शेयर बजारमा केही महिनाभित्रैमा १० अर्ब ६५ करोड ६२ लाख ९४ हजार ९७३ रुपैयाँ बराबरको हकप्रद शेयर आउने भएको छ । विभिन्न ६ वाणिज्य बैंकको मात्रै उक्त रकम बराबरको शेयर आउन लागेको हो । धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशनको अनुमति प्राप्त गरेका र अनुमतिका लागि बोर्डमा पुगेका यी छ बैंकको सय रुपैयाँ अंकित मूल्यमा १० करोड ६५ लाख ६२ हजार ९४९ कित्ता शेयर आउन लागेको हो ।

2017-05-01 - aarthiknews
Read More