As of 2019-01-28 15:00:00

NBL:291.00 (45132)( 2.00) NUBL:780.00 (947)( 12.00) NIB:532.00 (14452)( 0.00) GBLBS:440.00 (2980)( -1.00) API:142.00 (2809)( -1.00) NLG:869.00 (257)( 0.00) NLIC:1095.00 (3938)( 5.00) UPPER:267.00 (64493)( 0.00) DDBL:580.00 (250)( 1.00) MEGA:167.00 (19014)( 2.00) SLBBL:535.00 (2116)( 5.00) GRDBL:106.00 (70)( -1.00) GLICL:725.00 (1710)( 19.00) NSEWA:606.00 (760)( 16.00) NADEP:777.00 (300)( 1.00) JBBL:142.00 (7393)( 3.00) NMBMF:1109.00 (175)( 19.00) SDESI:634.00 (1136)( 0.00) PCBL:325.00 (22642)( 0.00) CCBL:169.00 (5677)( -1.00) NHPC:68.00 (7240)( 1.00) HIDCL:142.00 (2682)( -2.00) MBL:209.00 (15104)( 0.00) PLIC:494.00 (2098)( 7.00) SIL:654.00 (3681)( 12.00) FMDBL:380.00 (1298)( 1.00) MSLB:1433.00 (853)( 103.00) AMFI:739.00 (330)( 28.00) PRIN:458.00 (1704)( 12.00) SHINE:250.00 (778)( 3.00) ADBL:342.00 (8647)( 3.00) CZBIL:210.00 (12621)( -2.00) NGPL:131.00 (2568)( 2.00) NBB:185.00 (12029)( 0.00) NTC:728.00 (890)( -1.00) RHPC:97.00 (2126)( -1.00) PURBL:152.00 (218)( 3.00) UMB:1900.00 (1364)( 46.00) OHL:438.00 (2432)( -4.00) JBNL:166.00 (52649)( 0.00) EIC:845.00 (949)( 5.00) NMB:317.00 (26798)( 1.00) SBI:380.00 (3484)( -3.00) SIC:1319.00 (504)( 2.00) MSMBS:569.00 (834)( 27.00) MMFDB:1025.00 (552)( 17.00) DHPL:99.00 (32)( -1.00) ALICL:613.00 (351)( -6.00) CIT:2705.00 (1998)( 16.00) PFL:132.00 (1425)( -1.00) GDBL:185.00 (7879)( -1.00) KBL:245.00 (14391)( -1.00) HPPL:181.00 (250)( -2.00) CBBL:877.00 (4009)( -3.00) RSDC:391.00 (1199)( -4.00) LGIL:545.00 (2064)( 16.00) BPCL:363.00 (2422)( -1.00) TNBL:164.00 (332)( 6.00) PIC:1050.00 (1907)( 5.00) CBL:160.00 (12370)( 0.00) WOMI:1135.00 (434)( 10.00) NBBL:741.00 (2351)( 21.00) LLBS:805.00 (465)( 15.00) DBBL:127.00 (20989)( 3.00) CHCL:531.00 (1518)( -1.00) SCB:564.00 (3900)( -1.00) KPCL:96.00 (1680)( -1.00) LBBL:176.00 (5052)( 1.00) EBL:527.00 (1234)( 5.00) BOKL:254.00 (8451)( 2.00) NLICL:680.00 (3420)( 0.00) HATH:121.00 (710)( -6.00) SBL:286.00 (3813)( 3.00) FOWAD:1610.00 (1248)( 50.00) MERO:1175.00 (5899)( 39.00) RRHP:99.00 (1740)( 0.00) SHL:203.00 (5803)( 0.00) RBCL:9415.00 (120)( 0.00) CLBSL:733.00 (410)( 27.00) MDB:286.00 (51)( -1.00) GBIME:262.00 (8553)( 1.00) NICL:570.00 (2150)( 8.00) SRBL:212.00 (3172)( 0.00) NIL:547.00 (2924)( 17.00) SANIMA:304.00 (11580)( 3.00) NICA:393.00 (12704)( 2.00) MNBBL:349.00 (3766)( 4.00) LBL:199.00 (6675)( -3.76) PRVU:242.00 (26809)( 1.00) NCCB:213.00 (22754)( 2.00) KBBL:212.00 (1954)( 0.00) NIBPO:486.00 (970)( 4.00) NABIL:834.00 (2227)( -4.00) KKHC:94.00 (142)( -1.00) GUFL:103.00 (1022)( -1.00) SWBBL:845.00 (190)( 0.00) SLICL:554.00 (3768)( 7.00) PMHPL:105.00 (2600)( 0.00) GBBL:183.00 (1324)( -1.00) CHL:99.00 (150)( -1.00) MLBL:170.00 (2112)( 1.00) NLBBL:474.00 (1355)( 2.00) KSBBL:139.00 (2884)( 1.00) HBL:447.00 (1975)( -3.00) BHBL:144.00 (1764)( 2.00) RBCLPO:8705.00 (10)( -45.00) AKPL:185.00 (136)( 5.00) AKJCL:84.00 (500)( -2.00) JSLBB:2767.00 (34)( 115.00) IGI:450.00 (195)( 6.00) SADBL:143.00 (10360)( 0.00) NMFBS:1720.00 (180)( 44.00) UFL:165.00 (2224)( 6.00) SBBLJ:209.00 (45)( 8.00) JEFL:130.00 (10277)( 1.00) KMCDB:857.00 (610)( -31.00) SHPC:231.00 (2830)( 1.00) SPDL:93.00 (129)( 1.00) ICFC:152.00 (137)( 1.00) NNLB:632.00 (256)( 24.00) SIFC:135.00 (853)( -1.00) SKBBL:863.00 (1127)( 3.00) HGI:397.00 (1156)( 6.00) RADHI:164.00 (561)( 0.00) UMHL:122.00 (48)( 2.00) SMB:698.00 (720)( 63.00) KADBL:160.00 (5566)( 2.00) SICL:942.00 (1011)( 30.00) TRH:250.00 (1250)( 3.00) NABILP:721.00 (330)( 6.00) CFCL:110.00 (1236)( 0.00) PICL:718.00 (1508)( 12.00) BNT:6392.00 (50)( -128.00) NIBLPF:7.55 (2415)( 0.05) CBLPO:118.00 (165749)( 0.00) SMATA:1275.00 (477)( 11.00) RMDC:545.00 (165)( 5.00) AHPC:103.00 (609)( -1.00) LICN:1725.00 (306)( -6.00) MPFL:152.00 (20)( -6.00) BARUN:103.00 (1404)( 0.00) SEOS:9.70 (21200)( -0.15) SFFIL:224.00 (300)( -3.00) NHDL:130.00 (90)( -1.00) LVF1:10.10 (1000)( 0.10) EDBL:280.00 (30)( 0.00) GFCL:121.00 (1157)( -1.00) SMFDB:714.00 (330)( 14.00) NEF:8.20 (6035)( 0.20) SEF:9.30 (10100)( 0.18) RLFL:119.00 (7558)( 5.00) KMFL:993.00 (121)( 33.00) NMBHF1:9.10 (416)( -0.15) SLBS:1005.00 (10)( 3.00) NCDB:119.00 (11)( -2.00) HDL:1330.00 (50)( -26.00) JFL:168.00 (813)( -2.00) GILB:1176.00 (83)( 0.00) KRBL:97.00 (156)( -1.00) SLBSL:540.00 (10)( 25.00) UIC:786.00 (10)( 15.00) KNBL:125.00 (1100)( -2.00) MLBBL:663.00 (66)( 23.00) SINDU:127.00 (163)( 4.00) CMF1:9.20 (400)( 0.00) 

News Details
विकास बैङ्किङमा हाम्रा आफ्नै मोडल छन्
2018-04-03 - 993 view(s) - abhiyan

मूलरूपमा लघुवित्त बैङ्कको अवधारणा अपनाएर दूरदराजसम्म वित्तीय पहुँच पुर्‍याउन सफल मुक्तिनाथ विकास बैङ्कले मर्जर तथा एक्विजिशन नगरी हकप्रद र बोनसमार्फत चुक्तापूँजीको न्यूनतम सीमा पुर्‍याइसकेको छ । नेपाल राष्ट्र बैङ्कको नयाँ नियमका कारण सो बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भरतराज ढकालले हालै सो पद छोडेपछि गत चैत २ गतेको सञ्चालक समितिको बैठकले प्रद्युमन पोखरेललाई नियुक्त गर्‍यो । 

बैङ्किङ क्षेत्रमै करीब २७ वर्षको अनुभव सँगालिसकेका उनी डेपुटी सीईओबाट सीईओ भएका हुन् । प्रस्तुत छ, नवनियुक्त सीईओ पोखरेलसँग उनका योजना र यस बैङ्कका विविध पक्षबारे आर्थिक अभियानका ममता थापाले गरेको कुराकानीको सार :

मुक्तिनाथ विकास बैङ्कमा नवनियुक्त प्रमुख सीईओको रूपमा तपाईंका नयाँ योजना छन् कि ?
देशले अहिले स्थिर सरकार पाएको छ । विगतका केही दशक स्थिर सरकार थिएन । यो सरकारको आर्थिक एजेण्डा अर्थात् वाम गठबन्धनको घोषणापत्र हेर्ने हो भने केही आशालाग्दा कुरा छन् । उक्त घोषणापत्रमा तीन/चारओटा बुँदाअन्तर्गत हाम्रो देश जलस्रोतमा धनी भएकाले आउँदो १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्नुपर्छ भनिएको छ । २ हजार किलोमिटरको रेलवे बनाउने तथा नेशनल हाइवेलाई विकास गर्ने, मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग बनाउनेलगायत सोच बनाइएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पनि हरेक वर्ष ६ देखि ७ खर्ब रुपैयाँको लगानी विकासका पूर्वाधारमा पर्नुपर्छ भन्नुभएको समाचार आएको छ । यसले नेपालमा अबको बजेट विनियोजन र खर्च द्रुतगतिमा बढ्छ जस्तो देखाउँछ । यस्तो सकारात्मक वातावरणको अवस्थामा मुक्तिनाथ विकास बैङ्कमा पनि नयाँ योजनाबारे सोच्न सकिन्छ ।

यसअघि डेपुटी प्रमुख कार्यकारी अधिकृत भएर कार्यरत हुनुहुन्थ्यो । यस कारण पनि बैङ्कले हालसम्म गरेको उपलब्धिबारे तपाईं परिचित हुनुहुन्छ । बैङ्कले आफ्नो १२ वर्षे यात्रामा हासिल गरेका मुख्य उपलब्धि केलाई मान्नुहुन्छ ?
यो बैङ्कले चारओटा पृष्ठभूमिमा रहेर उपलब्धि हासिल गरेको विश्लेषण गरेको छु । २०६३ पुस १९ मा स्याङ्जाको पुतलीबजारमा तीनजिल्ले विकास बैङ्कको रूपमा शुरू भएको हो । २०६४ असार मसान्तमा कुल सम्पत्ति रू. १२ करोड थियो । यसपछि २०६९ साउनमा १० जिल्ले भएपछि उक्त असार मसान्तको वित्तीय आँकडामा कुल सम्पत्तिको आकार करीब ३ अर्ब रुपैयाँ र शाखा सङ्ख्या २० थियो । २०७२ जेठ २० गते राष्ट्रियस्तरको भएपछि शाखा सङ्ख्या ३० र कुल सम्पत्ति ९ अर्ब रुपैयाँ थियो । चालू आवको पुस मसान्तमा शाखा सङ्ख्या ७४ र सम्पत्ति करीब २६ अर्ब रुपैयाँको छ । यसरी हामीले मोटामोटी ३ सय प्रतिशतको वृद्धि गरेका छौं ।

हामी आर्थिक विकासका लागि नवीन वित्तीय मोडल परिचित गराउने विकास बैङ्क हौं । हामीले पायोनीयरिङ वित्तीय सेवा प्रदान गर्दै आएका छौं । यो बैङ्क क, ख, र ग वर्गका वित्तीय संस्थामध्ये लघुवित्तको अवधारणालाई मुख्य रूपमा केन्द्रित गर्दै लिएर अघि बढेको संस्था हो । वित्तीय पहुँच कम भएको ठाउँमा पनि शाखा विस्तार गर्दै सेवा दिइरहेका छौं । आजसम्म हाम्रा ५० प्रतिशतभन्दा बढी शाखा दुर्गम ठाउँमा छन् । तीनजिल्ले हुँदा पनि साविकका हरेक गाविसमा उपस्थिति थियोे । साधारण व्यक्तिको जीवनमा आर्थिक परिवर्तन ल्याउन हामीले निकै मेहनत गरेका छौं जस्तो लाग्छ । हामी प्रतिक्रियात्मकभन्दा पनि सक्रियतात्मक (प्रोयाक्टिभ) भएर काम गर्छौं । हाम्रा नारा पनि चुनौतीपूर्ण छन् । स्थापनाकालदेखि नै व्यवस्थापन समूह तथा यसअघिका सीईओ भरतराज ढकालज्यूले ‘जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानुपर्छ,’ भन्ने सिद्धान्त र नारा ल्याउनुभयो । यस्तै, ‘एक व्यक्ति : एक खाता, एक परिवार : सफल उद्यमी’, ‘देश विकासको आधार : कृषिमा व्यावसायिक सुधार’ शुरूदेखिकै नारा हुन् । ‘हरेक विद्यार्थीमा वित्तीय साक्षरता, आजको आवश्यकता’ नारासहित वित्तीय साक्षरता अभियान चलायौं । रेमिट्यान्स औपचारिक माध्यमबाट आउनुप¥यो र उत्पादनशील क्षेत्रमा लगानी हुनुप¥यो भन्ने बहस हिजोआज सबैले गर्छन् । तर, हाम्रो बैङ्कमा त्यो बेलादेखि नै ‘विदेशको कमाइ हातमा होइन, खातामा’ नारा थियो । साथै, उक्त रकम उत्पादनमूलक क्षेत्रमा लगाइनुपर्छ भन्थ्यौं । यो अरू कसैले भनेर होइन, मुक्तिनाथ आफैले गर्दै आएको छ ।

चुक्तापूँजी र वासलातको आकार कस्तो छ ?
आफैले साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्‍याउन सफल भएको बैङ्क हो यो । राष्ट्र बैङ्कमार्फत चुक्तापूँजीसम्बन्धी निर्देशन आएपछि विकास बैङ्कमध्ये आफैले चुक्तापूँजी पुर्‍याउने यो पहिलो बैङ्क हो । २० प्रतिशत बोनस शेयर निष्कासन गरेपछि अहिले नेप्सेमा सूचीकृत भइसकेको छ ।