Reasons may be:
- Problem with connection.
- Your package does not allow you to view this page / data. Click to Upgrade
- Issue in server. Contact us
म्युचुअल फन्डले कोष निर्माणका लागि सर्वसाधारणलाई प्रतिशेयर १० रुपैयाँ अंकितदरमा प्राथमिक शेयर निष्काशन गरेर कोष निर्माण गर्ने गर्दछन् । म्युचुअल फन्डले उत्कृष्ट प्रतिफल प्राप्तिका लागि सो कोषलाई निश्चित अवधिका निम्ति बजारमा लगानी गर्दछ । यस्ता कोषको व्यवस्थापन र सञ्चालनको जिम्मा जारी गर्ने कम्पनीको हुन्छ ।
अहिलेसम्म नेपालमा १३ वटा म्युचुअल फन्ड सञ्चालनमा रहेका छन् । नेपालमा अहिले सिटिजन्स म्युचुअल फन्ड– १, ग्लोबल आइएमई समुन्त स्किम–१, लक्ष्मी इक्विटी फन्ड–१, लक्ष्मी भ्यालु फन्ड– १, नबिल इक्विटी फन्ड, एनआईबीएल समृद्धि फन्ड– १, एनआईबीएल प्रगति फन्ड, एनआईसी एसिया ग्रोथ फन्ड, एनएमबि हाथवे फन्ड–१, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१, सानिमा इक्विटी फन्ड, सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम म्युचुअल फन्ड सञ्चालनमा रहेका छन् ।
म्युचअल फन्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) भ्यालु सबैभन्दा बढी एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१को रहेको छ । जसको खुद सम्पत्ति मूल्य १२ दशमलव ५ प्रतिइकाई रहको छ भने सबैभन्दा कम एनआईबीएल प्रगति फन्डको ७ दशमलव ४ प्रति इकाई रहेको छ ।
सिटिजन्स म्युचुअल फन्ड–१
सिटिजन्स म्युचुअल फन्ड–१ को चुक्ता पुँजी ८२ करोड रुपैयाँ रहेको छ । जसले ६६ वटा कम्पनीमा ३१ लाख ८० हजार ३७७ कित्तामा ४० करोड १२ लाख ५८ हजार ८८४ रुपैयाँको शेयर लगानी गरेको छ ।