Reasons may be:
- Problem with connection.
- Your package does not allow you to view this page / data. Click to Upgrade
- Issue in server. Contact us
गत साता नेप्से परिसूचक ११ दशमलव १५ अंक (०.९५ प्रतिशत) घटेर ११६१ दशमलव ६३ मा बन्द भएको छ । अहिले नेप्से परिसूचक ५० दिनको मुभिङ एभरेज र २०० दिनको मुभिङ एभरेजभन्दा तल चलिरहेको छ । गत साता नेप्से परिसूचकले ५० दिनको मुभिङ एभरेजलाई माथिबाट तल काटेको छ, जसले मिड टर्ममा बियरिश मोमेन्टमको संकेत गरेको छ ।
पछिल्लो हप्ता दैनिक औसत कारोबार रकम रू. ३१ दशमलव ६० करोड रहेकोमा गत साता कारोबार रकम घटेर रू. २६ दशमलव ७६ करोड पुगेको छ । अहिलेको समयमा नेप्से परिसूचक ११०९ देखि १२३२ को स्विङको ६१ दशमलव ८ प्रतिशत फिबोनाची रिट्रेसमेन्टको टेवातिर चलिरहेको छ ।
टेवा तथा प्रतिरोध अङ्क
गत साताको बुधवार नेप्से परिसूचक ११६० दशमलव ५९ को तल्लो बिन्दुसम्म पुगेर बिहीवार बढेर ११६१ दशमलव ६३ विन्दुमा बन्द भएको छ । दैनिक औसत कारोबार रकममा आएको कमीले गर्दा बजारमा लगानीकर्ताको सहभागिता घट्दै गएको संकेत गर्दछ । हालको अवस्थामा नजिकको टेवा अंक तथा प्रतिरोध अंक क्रमशः ११५० तथा १२१० रहेको छ ।