Reasons may be:
- Problem with connection.
- Your package does not allow you to view this page / data. Click to Upgrade
- Issue in server. Contact us
कम्पनीले सार्वजनिक गरेको चालू आव २०७५/७६ को दोस्रो त्रैमासको एनएफआरएस वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा रू. ६० करोड ३८ लाख छ । यो नाफा गत आवको तुलनामा २५ प्रतिशत वृद्धि भएको हो । कम्पनीको गत आवको सोही अवधिमा वितरणयोग्य नाफा रू.४८ करोड २ लाख थियो । चालू आवको दोस्रो त्रेमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. ७ अर्ब १६ करोड छ । बैंकले २०७४/७५ को मुनाफाबाट ८ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै कम्पनीले अघिल्लो आव २०७३/७४ को मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । मङ्सिर १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यी प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कुल २१ दशमलव २५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ८ अर्बभन्दा बढी हुनेछ ।